बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेलका ग्राहकलाई फुडमाण्डुमा १५० रुपैयाँको छुट अफर

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ६ २०८२
एनसेलका ग्राहकलाई फुडमाण्डुमा १५० रुपैयाँको छुट अफर

काठमाडौं- एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको छ, जसले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमाण्डु अर्डरमा छुट सुविधा प्रदान गर्दछ। यो अफरमा एनसेलका ग्राहकहरूले फुडमाण्डुमा गर्ने खानाका परिकारको अर्डरमा १५० रुपैयाँको छुट पाउँछन्।

फागुन ५ देखि सञ्चालनमा आएको यो अफरमा ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्य रहेका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकहरूले १५० छुट रुपैयाँको कुपन प्राप्त गर्दछन्। यो कुपन फुडमाण्डुमा १  हजार रुपैयाँ ‍वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिन्छ।

एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुट कुपन पाउँछन्। ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सक्छन्।

ग्राहकले प्याक लिएपछि छुट कुपन एसएमएसमार्फत प्राप्त गर्दछन्। यदि ग्राहकले एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गरेमा उनीहरूले त्यहीअनुसार एकभन्दा बढी १५० रुपैयाँ छुटका कुपनहरू प्राप्त गर्दछन् र यसरी प्राप्त कुपन फुडमाण्डुको मोबाइल एप वा आधिकारिक वेबसाइटर्फत खाना अर्डर गर्दा प्रयोग गर्न सकिन्छ।

कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहन्छ र यो अरू कसैलाई दिन पाइँदैन, जसले ग्राहक स्वयंले यो सुविधा लिनसक्ने सुनिश्चित गर्दछ। यो अफर एनसेलको रिन्युवल प्याक, सापटी प्याक र गिफ्ट प्याक खरिदमा लागू हुँदैन।

'हामी एनसेलमा कनेक्टिभिट भन्दा पर गएर ग्राहकहरूको जीवनशैलीमा कसरी अर्थपूर्ण प्रभाव पार्न सक्छौँ भनेर सधैँ काम गरिरहेका हुन्छौँ। फुडमाण्डुसँगको यो साझेदारी नेपालको दूरसञ्चार क्षेत्रमा भएको यस प्रकारको पहिलो सहकार्य हो, जसले हाम्रा ग्राहकहरूलाई सहजै दूरसञ्चार सेवामार्फत सम्पर्कमा रहँदै अतिरिक्त बचतसहित आफ्नो मनपर्ने परिकारहरूको आनन्द लिन अवसर प्रदान गर्छ,' एनसेलका चिफ कन्सुमर बिजनेस अफिसर उपंग दत्तले भने।

 


प्रकाशित : बुधबार, फागुन ६ २०८२१८:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend