बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाली कांग्रेसले एमाले, माओवादी, रास्वपा सबैलाई सँगै लिएर कुशासनलाई हराउने छ : गगन थापा

बुधबार, फागुन ६ २०८२
नेपाली कांग्रेसले एमाले, माओवादी, रास्वपा सबैलाई सँगै लिएर कुशासनलाई हराउने छ : गगन थापा

उनले मधेशले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेशले अब परविर्तन गर्नुपर्ने बताए। उनले मधेशलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेश झरेको बताए।

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाली कांग्रसले देशको नेतृत्व लिएर कुशासनलाई हराउने प्रतिज्ञा गरेका छन्।

जनकपुरको तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञासभामा बोल्दै उनले एमाले, माओवादी, रास्वपा सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको भन्दै आफूहरू काम गर्न आएको बताएका हुन्।

उनले भने, 'मधेशबाट कांग्रेसले देश बदल्ने सहास लिएको छ। आट लिएको छ। अब मधेशले देशको संघीयतालाई कार्यान्वयन गराउन जरूरी छ।'

उनले मधेशले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेशले अब परविर्तन गर्नुपर्ने बताए। उनले मधेशलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेश झरेको बताए।

उनले भने, 'मधेशको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो। पहाडमा मधेशका शिक्षकले पढाएका हुन्। उनकै शिक्षाले देश शिक्षित भएको छ। तर आज मधेशको शिक्षा, स्वास्थ्य र विज्ञानको अवस्था कमजोर छ। यहाँ किसान, उखु किसानको अवस्था, पर्यावयरणको अवस्था भयावह छ। खानेपानीको समस्या समाधान गर्न म मधेश आएको हुँ।'

उनले मधेशले सिंगो देशलाई पाल्न सक्ने तागत बोक्न सक्ने बनाउने प्रतिज्ञा गरेको बताए।

उनले मधेशका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावासमा सक्षम मान्छे राखेर नेपालीको हेरचाहको व्यवस्था गर्ने बताए।

उनले भने, 'अब मधेश वा कुनै क्षेत्रका नेपाली विदेशमा रहेछ भने उसको हेरचाह गर्न नेपाल सरकारले दूतावासको व्यवस्था र कर्मचारीको व्यवस्था गर्छ।'

उनले मधेशको वित्तीय संरचना खल्बलिएकोले यहाँका सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेश आएको बताए। 'यहाँको वित्तीय संस्था खल्बलिएको छ। सहकारी ठगहरूको विगबिगी बढेको छ। सहकारी ठगहरूलाई तह लगाउन कांग्रेस मधेश झरेको छ' उनले भने।

उनले मधेशका युवाहरूले देखेको क्रिकेटको सपना पूरा गराउन चाहेकोले यहाँ क्रिकेट एकाडेमी बनाउने योजना रहेको बताए। उनले भने, 'मैले यहाँका युवाहरूको क्रिकेटको सपना पूरा गर्न चाहन्छु।'

उनले आफू मधेशको बेटा बन्न आएको भन्दै दुर्गानन्दको सहास, कुशेश्वरको रगतको सम्मान र महेन्द्रनिधिको जीवनशैली बुझेर आफू मधेशमा आएको बताए ।

कांग्रेस अब पखालिएर आएको भन्दै जनविश्वास लिन आएको पनि कांग्रेस मधेश आएको थापाले बताए। 'अब हामी मतमात्रै होइन विश्वास र भरोसा लिन आएको र देशलाई सँगसँगै हिँडाउन र परिवर्तन देख्न आएको हुँ। म सबै युवाहरूको सपना पूरा गर्न र युवाहरूको साझा पार्टी बनाउन आएको हुँ' उनले भने।


प्रकाशित : बुधबार, फागुन ६ २०८२१७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend