सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले माघमा सवारी नियम पालना नगरेका सवारीचालकबाट ९ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयका प्रवक्ता मोहनजंग बुढ्थापाका अनुसार माघ महिनामा १ हजार २२ सवारीचालक कारबाहीमा परेका थिए।
यसैबीच सो अवधिमा भएका सवारी दुर्घटनामा २ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको उनले जानकारी दिए। दुर्घटनामा २३ जना गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए। रासस