काठमाडौं- हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको प्रथम सात महिनामा २२ करोड ४५ लाख ४९ हजार ४ सय ८५ रुपैयाँ राजस्व संकलन गरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ करोड ४३ लाख ८४ हजार ८ सय ८८ रुपैयाँ संकलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले बताए।
चालु आर्थिक वर्षको सात महिनामा सम्पत्ति करबाट ५ करोड ५४ लाख ९३ हजार १ सय ३८ रुपैयाँ, घरबहाल करबाट ३ करोड ४४ लाख ७० हजार ७ सय ६ रुपैयाँ, नक्सापास दस्तुरबाट १ करोड २१ लाख २७ हजार २७ रुपैयाँ, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट २ करोड ४४ लाख ४९ हजार २ सय ४० रुपैयाँ संकलन भएको छ।
यस्तै सिफारिस दस्तुरबाट १ करोड ७० लाख ३९ हजार १ सय रुपैयाँ, बहाल बिटोरी करबाट १ करोड ७२ लाख ४४ हजार १ सय ४९ रुपैयाँ, व्यवसाय करबाट १ करोड ७१ लाख २ हजार ६ सय १६ रुपैयाँ, अन्य बिक्रीबाट ३ करोड २ लाख २३ हजार रुपैयाँ असुली भएको हो। रासस