शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

अमेरिकी बहुराष्ट्रिय कम्पनी केएफसीको जित : 'केकेएफसी' ब्रान्डमा व्यवसाय सञ्चालन नपाइने

बुधबार, फागुन ६ २०८२
अमेरिकी बहुराष्ट्रिय कम्पनी केएफसीको जित : 'केकेएफसी' ब्रान्डमा व्यवसाय सञ्चालन नपाइने

केएफसीले २०७४ मा उजुरी दर्ता गर्दा ‘केकेएफसी’ नामको ब्रान्डको व्यवसायले आफ्नै ब्रान्डसँग उस्तै देखिने र ग्राहकमा भ्रम सिर्जना हुने भन्दै विरोध गरेको थियो।

काठमाडौं- अमेरिकी फास्टफुड दिग्गज केएफसीले क्रिस्पी, क्रन्ची फ्राइड चिकेन (केकेएफसी) विरुद्धको ट्रेडमार्क मुद्दा जितेको छ।

उद्योग विभागको इजलासले केएफसीको पक्षमा फैसला गर्दै केकेएफसीले आफ्नो ब्रान्डमा व्यवसाय सञ्चालन गर्न नपाउने निर्णय गरेको छ।

उद्योग विभागमा २०७४ सालदेखि केएफसीका तीनवटा मुद्दा दर्ता थिए। यी मुद्दा र उजुरीलाई एकैपटक हेर्ने प्रक्रियामा राखेर विभागको इजलासले माघ २६ गते निर्णय सुनाएको हो।

केएफसीले २०७४ मा उजुरी दर्ता गर्दा ‘केकेएफसी’ नामको ब्रान्डको व्यवसायले आफ्नै ब्रान्डसँग उस्तै देखिने र ग्राहकमा भ्रम सिर्जना हुने भन्दै विरोध गरेको थियो। उद्योग विभागले अब 'केकेएफसी' ब्रान्डमा व्यवसाय नचलाउने निर्णय गरेको छ।

पछिल्ला वर्षहरूमा नेपालले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्रान्डको बौद्धिक सम्पत्तिको सुरक्षाप्रति बढी सजगता देखाएको छ।

यसअघि सर्वोच्च अदालतले नेपाली कम्पनी पर्फेक्ट फुडविरुद्ध इटालीको परफेटी भान मेल कम्पनीको पक्षमा फैसला सुनाइसकेको छ।


प्रकाशित : बुधबार, फागुन ६ २०८२११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend