बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घट्यो, चाँदीको मूल्यमा सामान्य गिरावट

बुधबार, फागुन ६ २०८२
सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घट्यो, चाँदीको मूल्यमा सामान्य गिरावट

आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेर ३ लाख ४ सय रुपैयाँ कायम भएको छ।

काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेर ३ लाख ४ सय रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

गत माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै आज बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार चाँदी प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

गत माघ १५ गते नै चाँदी हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : बुधबार, फागुन ६ २०८२१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend