बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भोजपुरमा प्रदेश सरकारको लगानीमा १३ वटा पक्की र १७ वटा झोलुंगे पुल निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ६ २०८२
भोजपुरमा प्रदेश सरकारको लगानीमा १३ वटा पक्की र १७ वटा झोलुंगे पुल निर्माण

भोजपुर- संघीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुंगे पुल निर्माण गरेको छ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवाखोलामा ७ करोड ५० लाख रुपैयाँ, आरीखोलामा ३ करोड रुपैयाँ, वेहेरेखोलामा ३ करोड ५० लाख रुपैयाँ, खाल्डे पिखुवाखोलामा २ करोड ५० लाख रुपैयाँ, राउतेखोलामा ३ करोड ५० लाख रुपैयाँ, कावा खोलामा ७ करोड ५० लाख रुपैयाँ र श्यामखोलामा ३ करोड ४२ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण भएका हुन्।

त्यसैगरी बंखुवाखोलामा २ करोड २५ लाख रुपैयाँ, गंखुवाखोलामा ४ करोड ५० लाख रुपैयाँ, सिक्तेलखोलामा ४ करोड रुपैयाँ, एखुवाखोलामा ६ करोड ६० लाख रुपैयाँ र चिरखुवाखोलामा ५ करोड ६३ लाख रुपैयाँमा पक्की पुल निर्माण भएका हुन्। तामुटारमा ६ करोड ३५ लाख रुपैयाँमा निर्माणाधीन पुल अन्तिम चरणमा छ। रासस


प्रकाशित : बुधबार, फागुन ६ २०८२१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend