शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

तीन किलो चाँदीसहित नागढुंगा चेक प्वाइन्टबाट एक जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ५ २०८२
तीन किलो चाँदीसहित नागढुंगा चेक प्वाइन्टबाट एक जना पक्राउ

झोला जाँच गर्दा गैरकानूनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुंगास्थित प्रहरी प्रभागले जनाएको छ।

काठमाडौं- चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ परेका छन्।

वीरगञ्जबाट काठमाडौं आइरहेको यात्रीवाहक बसमा शंका लागेर पर्साको फेटा गाउँपालिका-६ का आसु साबको झोला जाँच गर्दा गैरकानूनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुंगास्थित प्रहरी प्रभागले जनाएको छ।

चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमसक्ष पेस गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले बताए। रासस


प्रकाशित : मंगलबार, फागुन ५ २०८२१६:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend