बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नयाँ दलले गरेका कामको पनि हिसाब मागौँ : विनोद चौधरी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ५ २०८२
नयाँ दलले गरेका कामको पनि हिसाब मागौँ : विनोद चौधरी

उनले परिवर्तन आफैबाट सुरुवात गर्नु पर्छ भन्ने उद्देश्यअनुरुप आफ्ना एजेन्डासहित कांग्रेस बदलिएर आएको उनले जिकिर गरे।

नवलपरासी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले जनताले अब नयाँ दलले गरेका कामको हिसाबकिताब माग्नु पर्ने बेला आएको बताएका छन्।

आफूले आजसम्म यो क्षेत्रमा गरेका कामहरुको रिपोर्ट कार्ड जनतासामु प्रस्तुत गरेको बताउँदै उनले नयाँ भनिएका दलहरुको पनि कामको हिसाब माग्नु पर्ने र उनीहरुलाई पनि प्रश्न गर्नु पर्ने बताए।

प्रतापपुर गाउपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसद्वारा आयोजित एक समारोहमा बोल्दै उनले परिवर्तन आफैबाट सुरुवात गर्नु पर्छ भन्ने उद्देश्यअनुरुप आफ्ना एजेन्डासहित कांग्रेस बदलिएर आएको उनले जिकिर गरे।

'हामीले आफूले गरेका कामको हिसाब सार्बजनिक गरेका छौँ, तपाईंहरुले पनि नयाँ दललाई प्रश्न गर्नुस कि टाउको कहाँ छ, पुच्छर कहाँ छ' उनले भने। अरुलाई बदल्नुभन्दा पहिला आफू बलदिलिनु पर्ने उनको तर्क थियो।

कार्यक्रममा बोल्दै उनले खजुरा खोला किनारमा निर्माण भएको उद्योग ग्राम सञ्चालनका लागि उद्योगहरु स्थापनाको वातावरण तयार गर्नका लागि केही दिनभित्रै उद्योगिहरुसँग छलफलको तयारी भइरहेको समेत जानकारी दिए। केही दिनमै शहीद स्मृति अस्पताल चौपत्तामा डायलासिस सेवा सूरु हुने हुँदा मृगौलापीडित नागरिक अब टाढा धाउनु पर्ने बाध्यताको अन्त्य हुने उनले विश्वास ब्यक्त गरे।


प्रकाशित : मंगलबार, फागुन ५ २०८२१५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend