बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

केन्टका २९ जना डिलर टी-२० विश्वकपका खेल प्रतक्ष्य हेर्न मुम्बई प्रस्थान

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ५ २०८२
केन्टका २९ जना डिलर टी-२० विश्वकपका खेल प्रतक्ष्य हेर्न मुम्बई प्रस्थान

काठमाडौं- सीजी इलेक्ट्रोनिक्सअन्तर्गत अग्रणी अन्तर्राष्ट्रिय पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले 'आईसीसी टी-२० विश्वकप, २०२६' लाई लक्ष्य गर्दै २९ जना डिलरहरूलाई मुम्बईको वानखेडे स्टेडियममा निःशुल्क प्रतक्ष्य खेल हेर्ने अवसर प्रदान गरेको छ।

ती डिलरहरूलाई ३ रात ४ दिनको मुम्बई भ्रमण प्याकेजसहित केन्टले मुम्बई पठाएको हो। डिलरहरूले काठमाडौं-मुम्बई-काठमाडौं दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटलमा बसोबास तथा भोजनको सुविधा पाएका छन्।

साथै मुम्बईका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण र वानखेडे स्टेडियममा हुने खेलका विशिष्ट टिकटसमेत उपलब्ध गराइएको छ। 

केन्ट मिनरल आरओ शुद्ध पानीका नेपालमा पनि विश्वसनीय ब्रान्डको रूपमा स्थापित छ। अत्याधुनिक प्रविधिद्वारा तयार गरिएका केन्ट वाटर प्युरिफायरले परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पानी उपलब्ध गराउँदै आएको छ।


प्रकाशित : मंगलबार, फागुन ५ २०८२१३:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend