बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ग्लोबल आईएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ५ २०८२
ग्लोबल आईएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले अन्तर्राष्ट्र्र्रिय शैक्षिक प्रयोजन जस्तैः अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा शुल्कहरूका लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरूको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

बैंकले नेपाली विद्यार्थीहरूलाई विशेषगरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरू जस्तैः आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, यूएसएमएलई, कलेज फी, भिसा शुल्क, बीमा शुल्क लगायतका विभिन्न सेवाबापतको भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशतको छुट प्रदान गर्नेछ।

यो योजनाअन्तर्गतको छुट जुलाई ३१, २०२६ सम्म लागू हुनेछ। ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले उक्त सेवा आफ्ना ११७ वटा शाखामार्फत विस्तार गरेको छ। यो योजनाअन्तर्गतको छुट तथा सेवा उपलब्ध हुने बैंकका शाखा कार्यालयहरूसम्बन्धी विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको 'बेष्ट बैंक अवार्ड, २०२४' तथा 'युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४' अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो। साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट फरक-फरक विधामा सम्मानित भएको छ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५२ शाखा कार्यालय, ३८५ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। 


प्रकाशित : मंगलबार, फागुन ५ २०८२१२:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend