काठमाडौं- नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
गत माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज मंगलबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
गत माघ १५ गते नै चाँदी हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
