काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
गत माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज सोमबार चाँदीको मूल्य प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ। हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
गत माघ १५ गते नै चाँदी हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
