बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मुग्लिन-मलेखु सडक : ११ किलोमिटर कालोपत्र पूरा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ३ २०८२
मुग्लिन-मलेखु सडक : ११ किलोमिटर कालोपत्र पूरा

नागढुंगा-मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हालसम्म ४० प्रतिशत अर्थात् कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र भएका छन्।

चितवन- पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुंगा-मलेखु खण्ड कालोपत्र भएको छ। गत वर्ष ८ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप ३ किलोमिटर कालोपत्र गरिएको हो।

नागढुंगा-मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हालसम्म ४० प्रतिशत अर्थात् कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र भएका छन्।

धादिङको बाँदरेमा कालोपत्र जारी छ भने फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखिएको छ। उक्त खण्डका ६ वटा पुलमध्ये हुग्दी र चरौदीमा जमिनमाथिको काम भइरहेको छ। निर्माण सामग्री अभाव नहोस् भन्नेमा आफूहरू रहेको उनले बताए।

धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भए पनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने आशंका उनले व्यक्त गरे।

विश्व बैंकको ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ ऋण सहयोगमा ३८ किलोमिटर लामो यो सडकखण्ड स्तरोन्नति थालिएको हो। रासस

प्रकाशित : आइतबार, फागुन ३ २०८२१६:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend