शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

स्थानीय तह चुनाव : एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १ २०७८
स्थानीय तह चुनाव : एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

काठमाडौं- आउँदो स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ। नेपाल प्रहरीले १ लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको हो।

प्रहरीले चैत ६ गतेदेखि चैत ११ गतेसम्म आवेदन दिन गरी भर्ना खुलाएको छ। 

छनोट भएकाको तालिम चैत २८ गतेबाट सुरु हुनेछ। छनोट चैत १५ गतेदेखि २२ गतेसम्म चल्ने प्रहरीले जनाएको छ।

छनोट भएकाको कार्यअवधि ४० दिनको रहने छ। म्यादीको प्रहरीको २२ हजार ६ सय ८० रुपैयाँ आधारभुत तलब हुनेछ ।

४० दिनको जम्मा बैंक खातामा ३० हजार २ सय ४० रुपैयाँ र खाद्यन्न वापतको व्यक्तिगत एकमुष्ट ७ हजार २ सय रुपैयाँ म्यादी प्रहरीले पाउने छन्। यसैगरी पोशाक तथा अन्य सामान खरिद गर्ने गरी ६ हजार रुपैयाँसमेत पाउने छन्।


प्रकाशित : मंगलबार, चैत १ २०७८१६:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend