बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एक सातामा प्रतितोला १२ हजार ५०० रुपैयाँले बढ्याे सुनकाे मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २ २०८२
एक सातामा प्रतितोला १२ हजार ५०० रुपैयाँले बढ्याे सुनकाे मूल्य

गत माघ २३ गते शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन, एक हप्ताको निरन्तर उतारचढावपछि फागुन १ गतेसम्म आइपुग्दा ३ लाख ३ हजार ५०० रुपैयाँ पुगेको हो।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले  उचाइ कायम गर्दै एक सातामा  प्रतितोला १२ हजार ५०० रुपैयाँको वृद्धि भएको छ। 

गत माघ २३ गते शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन, एक हप्ताको निरन्तर उतारचढावपछि फागुन १ गतेसम्म आइपुग्दा ३ लाख ३ हजार ५०० रुपैयाँ पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउमा तीव्र उत्तारचढाव देखिएको छ। सुन माघ २५ गते एकैदिन ९ हजार ५०० रुपैयाँको  बढेर भई ३ लाख ५०० कायम भएको थियो।

त्यसपछिका दिनहरूमा पनि मूल्य बढ्ने क्रम रोकिएन। माघ २६ गते ३ हजार १०० रुपैयाँले बढेर ३ लाख ४ हजार ६०० पुगेको सुनको भाउ माघ २७ गते ३ लाख ५ हजार ५०० र माघ २८ गते ३ लाख ६ हजार ६०० रुपैयाँको उच्च विन्दुमा पुगेको थियो। माघ २९ गते सामान्य घटबढ भई ३ लाख ६ हजार ५०० मा कारोबार भएको महासंघले जनाएको छ।

सुन व्यवसायीहरूका अनुसार यो साता बजारमा मूल्य कहिले ह्वात्तै बढ्ने र कहिले सामान्य घट्ने प्रक्रिया निरन्तर चलिरह्यो। गत माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

 


प्रकाशित : शनिबार, फागुन २ २०८२१४:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend