काठमाडौं- नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फिफा विश्वकप २०२६ सँगको हुन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा 'हुन्डाई - फिफा विश्वकप २०२६ टेस्ट ड्राइभ अभियान' सुरु गरेको छ।
यो अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ। नेपालभर रहेका हुन्डाईका जुनसुकै शोरुममा गई कुनै पनि हुन्डाई गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले फिफा विश्वकप २०२६ का खेल आयोजक देशहरू अमेरिका, क्यानडा वा मेक्सिकोमध्ये कुनै एकमा प्रत्यक्ष रूपमा हेर्ने अवसर जित्ने मौका पाउनेछन्। भाग्यशाली विजेताले आफ्ना एक जना सहयात्रीसँग विश्वकै सबैभन्दा ठूलो फुटबल मञ्चको रोमाञ्च सँगै अनुभूति गर्न सक्नेछन्।
अभियानमार्फत ग्राहकहरूले टेस्ट ड्राइभमार्फत हुन्डाई गाडीको आरामदायी सुविधा, उन्नत प्रविधि र उत्कृष्ट प्रदर्शन प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पनि प्राप्त गर्नेछन्। साथै यस अवधिमा हुन्डाई गाडी बुक गर्ने ग्राहकहरूले विशेष लाभहरू पनि प्राप्त गर्नेछन्।
फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले इच्छुक ग्राहकहरूलाई नजिकको हुन्डाई शोरुममा गई टेस्ट ड्राइभ अभियानमा सहभागी भएर फिफा विश्वकप २०२६को रोमाञ्चक यात्राको हिस्सा बन्न आग्रह गरेको छ।
