बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी एसिया बैंकले ल्यायो ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोड रुपैयाँसम्मको घर कर्जा योजना

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १ २०८२
एनआईसी एसिया बैंकले ल्यायो ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोड रुपैयाँसम्मको घर कर्जा योजना

काठमाडौं- एनआईसी एसिया बैंकले १० करोड रुपैयाँसम्मको ‘एनआईसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ७ वर्षका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदरसहितका आकर्षक सेवाहरू उपलब्ध हुनेछन्। 

घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनर्निर्माण गर्न एवं घडेरी खरिद गर्नका लागि  न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष छ। 

बैंकले ल्याएको यस कर्जा योजनाअन्तर्गत पहिलोपटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ। साथै योजनाअन्तर्गत घर कर्जा लिने ग्राहकहरूले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा पनि प्राप्त गर्नेछन्। 


प्रकाशित : शुक्रबार, फागुन १ २०८२१५:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend