बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई कान्तिपुर डेन्टल हस्पिटलको सेवामा १५ प्रतिशत छुट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १ २०८२
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई कान्तिपुर डेन्टल हस्पिटलको सेवामा १५ प्रतिशत छुट

काठमाडौं- कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।

सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा-सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन्।

सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र कान्तिपुर डेन्टल कलेजकी सञ्चालिका डा. प्रतीक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन्। 


प्रकाशित : शुक्रबार, फागुन १ २०८२१४:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend