बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १ २०८२
‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

डिजिटल लाउञ्जको उद्घाटन गर्दै अध्यक्ष चौधरीले ग्राहकले अब डिजिटल्ली २४सै घण्टा सहजै बैंकिङ कारोबार गर्न सक्ने जनाए। उनले नवप्रवर्तन र डिजिटाइजेसनमा नबिल बैंक सधैँ अब्बल रहेको बताए।

काठमाडौं- नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ। बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरिएको जनाएको छ।

बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी तथा सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रूपमा आज शुक्रबार आयोजित एक कार्यक्रममा डिजिटल लाउञ्ज उद्घाटन गरेका छन्। कार्यक्रममा बैंकका सञ्चालकहरू प्रवीण  टिवडेवाला, अनिलकेशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृतद्वय भूपेन्द्र पाण्डे तथा आदर्श बजगाईं, नायब महाप्रबन्धकद्वय गणेशप्रसाद अवस्थी तथा ज्ञानेन्द्रप्रताप शाहलगायत बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति थियो।

डिजिटल लाउञ्जको उद्घाटन गर्दै अध्यक्ष चौधरीले ग्राहकले अब डिजिटल्ली २४सै घण्टा सहजै बैंकिङ कारोबार गर्न सक्ने जनाए। उनले नवप्रवर्तन र डिजिटाइजेसनमा नबिल बैंक सधैँ अब्बल रहेको बताए।

डिजिटल लाउञ्जमा ग्राहकहरूले एटीएममार्फत नगद झिक्न, क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न, कियोस्क मेसिनमार्फत चेक डिजिटल्ली जम्मा गर्न सक्नेछन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एउटै स्थानमा बहुउद्देश्यीय डिजिटल सेवा उपलब्ध गराइएकाले ग्राहकको समय बचत हुनाका साथै सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास लिएको बताए।

नबिल बैंकका यसै प्रकृतिका डिजिटल लाउञ्ज यसअघि केन्द्रीय कार्यालय र इटहरीमा सञ्चालनमा आइसकेका छन्। यस डिजिटल लाउञ्ज सेवा विस्तारसँगै नबिल बैंकले परम्परागत काउन्टरमा आधारित सेवामा निर्भरता कम गर्दै डिजिटल बैंकिङतर्फको यात्रालाई थप सशक्त बनाएको छ। ग्राहक सुविधा, सेवा पहुँच, विस्तार र प्रविधिको प्रभावकारी प्रयोगमार्फत नबिल बैंकले डिजिटल बैंकिङ केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

नबिल बैंकले देशभर २६८ शाखा सञ्जाल र ३२१ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ।


प्रकाशित : शुक्रबार, फागुन १ २०८२१३:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend