बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १ २०८२
खातामा प्यान र ईमेल अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण 'आयकर ऐन, २०५८' बमोजिम आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्ने प्रयोजनका लागि बैंकले यस्तो आग्रह गरेको हो।

काठमाडौं- एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगानाअद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण 'आयकर ऐन, २०५८' बमोजिम आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्ने प्रयोजनका लागि बैंकले यस्तो आग्रह गरेको हो।
 
ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप (एनआईसी एसिया मोबैंक) मा रहेको 'प्यान अपडेट' अप्सनमा ट्याप गरी आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन्। आफूलाई पायक पर्ने  एनआईसी एसिया बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नका लागि आवेदन दिन सकिनेछ।

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनका लागि प्यान आवश्यक हुन्छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण (ई-टीडीएस) प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ। यसबाट ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनाका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने  बाध्यता पनि पर्दैन। 

बैंकले प्यान अद्यावधिक नगराएका कारण ई-टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यसउप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा आफू जिम्मेवार नहुने पनि स्मरण गराएको छ।

साथै  बैंकका ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना समेत अद्यावधिक गर्न अनुरोध गर्दछ। ग्राहकहरूले आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ एप (एनआईसी एसिया मोबैंक) मा रहेको माई प्रोफाइलमा ट्याप गरी चेन्ज ईमेल अप्सन छनोट गरी आफ्नो ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। आफूलाई पायक पर्ने एनआईसी एसिया बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत खातामा ईमेल ठेगाना अद्यावधिक गर्नका लागि आवेदन दिन सकिनेछ।

साथै यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको वा ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०-०१-७७७७१, ०१-५९७०१०१ मा सम्पर्क गरी सेवा लिन पनि बैंकले अनुरोध गरेको छ। 


प्रकाशित : शुक्रबार, फागुन १ २०८२१३:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend