बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आजबाट टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग नयाँ टाटाका ईभी गाडी साट्न सकिने

शुक्रबार, फागुन १ २०८२
आजबाट टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग नयाँ टाटाका ईभी गाडी साट्न सकिने

यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडीहरु लैजान सकिने कम्पनीले जनाएको छ।

काठमाडौं- नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन सप्ताह-२०२६ को अवसरमा नयाँ योजना ल्याएको छ।

आज फाल्गुन १ गतेदेखि फागुन ३ गतेसम्म ९१३ फेब्रुअरीदेखि १५ फेब्रुअरी, २०२६० भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’कार्यक्रम सुरु भएको छ।

यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडीहरु लैजान सकिने कम्पनीले जनाएको छ। 

यो अवधिमा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडीहरु साट्न सकिने छ। यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको हो।

एक्सचेन्ज विथ लभ’योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स जडान सहित हरेक बुकिङमा आकर्षक उपहारहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यस्तै सो अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन्।


प्रकाशित : शुक्रबार, फागुन १ २०८२११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend