काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
गत माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ सय ४० रुपैयाँले घटेर ५ हजार रुपैयाँ कायम भएको छ। हिजो बिहीबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
गत माघ १५ गते नै चाँदी हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
