काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यही माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज बिहीबार चाँदीको मूल्य भने बढेको छ। प्रतितोला ५० रुपैयाँले बढेर आज चाँदीको मूल्य ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ। हिजो बुधबार चाँदी प्रतितोला ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
यही माघ १५ गते नै चाँदी हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
