बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नयाँ दलहरूलाई लक्ष्य गर्दै विनोद चौधरीले भने- कुनै पृष्ठभूमि नभएकाहरूबाट भ्रामक प्रचार भइरहेको छ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २८ २०८२
नयाँ दलहरूलाई लक्ष्य गर्दै विनोद चौधरीले भने- कुनै पृष्ठभूमि नभएकाहरूबाट भ्रामक प्रचार भइरहेको छ

नयाँ नेतृत्व चयनसँगै नेपाली कांग्रेसमा गुटगत राजनीतिको अन्त्य भएको बताउँदै उनले अबको ५ वर्षका लागि स्पष्ट आर्थिक रूपान्तरणको खाकासहित कांग्रेसको नेतृत्वमा सरकार गठन हुने बताए।

नवलपरासी पश्चिम- नेपाली कांग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले नयाँ दलहरूप्रति कटाक्ष गर्दै कुनै पृष्ठभूमि नभएकाहरूबाट भ्रामक प्रचार हुने गरेको बताएका छन्।

बर्दघाट नगरपालिका वडा नम्बर ४ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै चौधरीले पछिल्लो समय सामाजिक सञ्जालहरूमा नयाँ भनिएका दलहरूले भ्रामक प्रचार गरेको उल्लेख गरे।

'त्यस्ता कतिपय दलहरूले सामाजिक सञ्जालमा कैयौँ प्रकारका भ्रामक प्रचार गरेका छ्न्। जसको कुनै सतह छैन, कुनै पृष्ठभूमि छैन, त्यसको काम खोजेर हिँड्यो भने केही पनि भेटिँदैन,' उनले भने, 'ठूला-ठूला कुरा गरेर वाचा गरेर हिँड्न सजिलो छ तर अहिलेसम्म के गर्‍यौ भन्यो भने कुनै जवाफ छैन।' 

नयाँ नेतृत्व चयनसँगै नेपाली कांग्रेसमा गुटगत राजनीतिको अन्त्य भएको बताउँदै उनले अबको ५ वर्षका लागि स्पष्ट आर्थिक रूपान्तरणको खाकासहित कांग्रेसको नेतृत्वमा सरकार गठन हुने बताए।

वर्षौँसम्म देखिएको गुटगत प्रवृत्तिको प्रत्यक्ष असर विकास निर्माण र आम नागरिकमा परेको भन्दै उनले मुलुकका हरेक निर्णायक आन्दोलनहरूमा कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह र समस्याको सुरक्षित अवतरण गरेको जिकिर गरे।

'हाम्रो यो क्षेत्र पनि गुटगत राजनीतिले विकास निर्माणका हिसाबले धेरै पछि पर्‍यो। एकअर्काले गरेका कामलाई अवमूल्यन गर्ने, धकेल्न खोज्ने खालको प्रवत्तिले हाम्रो क्षेत्र पछाडि पर्‍यो,' चौधरीले भने।

अहिलेको निर्वाचनमा १ सय ६ स्थानमा कांग्रेसले नयाँ उम्मेदवारहरू अघि सारेकाले यो अत्यन्तै खुसीको कुरा भएको उनले बताए।


प्रकाशित : बुधबार, माघ २८ २०८२१४:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend