बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१ अर्ब ६६ करोड लगानीमा तारे होटल सञ्चालनमा ल्याउँदै देशबन्धु बस्नेत

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २ २०७८
१ अर्ब ६६ करोड लगानीमा तारे होटल सञ्चालनमा ल्याउँदै देशबन्धु बस्नेत

यो होटलमा १ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ लगानी हुने छ। काठमाडौंको सुकेधारामा  होटल निर्माण भइरहेको छ।

काठमाडौं- काठमाडौंमा अर्को पाँचतारे होटल सञ्चालनमा आउने भएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य देशबन्धु वस्नेतले काठमाडौंमा पाँचतारे होटल सञ्चालनमा ल्याउने तयारी गरेका छन्। 

पर्यटन व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी समिति सदस्य देशबन्धु बस्नेतले पाँच तारे होटल सञ्चालनमा ल्याउने भएको छन्।

यो होटलमा १ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ लगानी हुने छ। काठमाडौंको सुकेधारामा  होटल निर्माण भइरहेको छ।

‘होटल निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको छ’ उनले भने। 

होटलको एउटै ठूलो भवन बन्नेछ। होटलमा १ सय १६ वटा रुम तथा १ सय ९० बेड रहने छ। निर्माण भइरहेको होटलमा ४ सय जना अट्ने क्षमताको रेष्टुँरासमेत बन्नेछ। दी मेट्रोपोलिटियन होटल प्रालिको नाममा होटल सञ्चालन हुने भएको छ। 

होटल व्यवस्थापन भने विदेशी चेन कम्पनीले गर्ने छ। तर यस विषयमा बस्नेतले अहिलेसम्म केही निर्णय नभएको जानकारी दिए। 


प्रकाशित : बुधबार, चैत २ २०७८०१:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend