बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनको मूल्य लगातार वृद्धि, चार दिनमा प्रतितोला १५ हजार ६ सय रुपैयाँले बढ्यो

चाँदीको मूल्य पनि बढ्यो

बुधबार, माघ २८ २०८२
सुनको मूल्य लगातार वृद्धि, चार दिनमा प्रतितोला १५ हजार ६ सय रुपैयाँले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ।

काठमाडौं- नेपाली बजारमा आज बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको हो। हिजो मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला चार दिनमा सुनको मूल्य प्रतितोला १५ हजार ६ सय रुपैयाँले बढेको छ। सुनको मूल्य आइतबार प्रतितोला ९ हजार ५ सय रुपैयाँ, सोमबार प्रतितोला ४ हजार १ सय रुपैयाँ र मंगलबार प्रतितोला ९ सय रुपैयाँले बढेको थियो।  

यही माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै आज बुधबार चाँदीको मूल्य बढेर प्रतितोला ५ हजार २ सय ९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको हो। हिजो मंगलबार चाँदी प्रतितोला ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

यही माघ १५ गते चाँदी हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : बुधबार, माघ २८ २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend