काठमाडौं- नेपाली बजारमा सुनको मूल्य पछिल्ला तीन दिनमा प्रतितोला १४ हजार ५ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कारोबार भएको थियो। आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो।
यही माघ १५ गते सुन हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै सोमबार प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज मंगलबार १० रुपैयाँले घटेर ५ हजार २ सय ४० रुपैयाँमा झरेको छ।
यही माघ १५ गते नै चाँदी हालसम्मकै उच्च प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
