बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दुई दिनमा प्रतितोला १३ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

चाँदीको मूल्य पनि वृद्धि

सोमबार, माघ २६ २०८२
दुई दिनमा प्रतितोला १३ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेको हो। हिजो आइतबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा काराबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेको हो। हिजो आइतबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा काराबार भएको थियो। 

सुनको मूल्य आइतबार पनि बढेको थियो। गएको शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको थियो। 

आइतबार र सोमबार गरी पछिल्लो दुई दिनमा सुनको मूल्य प्रतितोला १३ हजार ६ सय रुपैयाँले बढेको छ।

सुन यही माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै आज सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि आइतबार र सोमबार दुवै दिन बढेको हो।  शुक्रबारको तुलनामा आइतबार प्रतितोला ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार थप २ सय ४० रुपैयाँले बढेको हो। 

आइतबार र सोमबार गरी चाँदीको मूल्य पछिल्लो दुई दिनमा प्रतितोला ५ सय ४० रुपैयाँले बढेको छ।

चाँदी यही माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : सोमबार, माघ २६ २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend