काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको हो। गएको शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसअघि यही माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि यही माघ १५ गते चाँदी हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
