शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

दक्षिण कोरिया पठाइदिन्छु भनि ठगी गर्ने एक कोरियन नागरिक पक्राउ 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १ २०७८
दक्षिण कोरिया पठाइदिन्छु भनि ठगी गर्ने एक कोरियन नागरिक पक्राउ 

काठमाडौं- दक्षिण कोरिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा एक कोरियन नागरिक पक्राउ परेका छन्। 

काठमाडौं महानगरपालिका-७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम ८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई काठमाडौं महानगरपालिका-३ महांकालबाट सोमबार प्रहरीले पक्राउ गरेको हो।  

काठमाडौं महानगरपालिका-७ चावहिलस्थित ओके कन्सल्टेन्सीको संचालक हुँ भनि वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाइदिन्छु भनि पीडितबाट रकम लिएर नपठाइ रकम ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।  

उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।   


प्रकाशित : मंगलबार, चैत १ २०७८०६:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend