बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

योग्यताका आधारमा उम्मेद्‍वार उठाएर कांग्रेसले परिवर्तनको थालनी गरेको छ : विनोद चौधरी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २३ २०८२
योग्यताका आधारमा उम्मेद्‍वार उठाएर कांग्रेसले परिवर्तनको थालनी गरेको छ : विनोद चौधरी

'नेपाली कांग्रेसले यस पटक देशभर १०० भन्दा बढी सक्षम युवाहरुलाई उम्मेदवार बनाएको छ, यो राजनीतिमा देखिएको ठूलो परिवर्तनको सुरुवात हो।'

नवलपरासी- सरावल गाउँपालिका-५ मा निर्वाचन प्रचारप्रसार समिति कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नवलपरासी-१ का प्रतिनिधिसभा उम्मेदवार विनोद चौधरीले नेपाली कांग्रेसले योग्यताका आधारमा उम्मेदवार उठाएर राजनीतिक परिवर्तनको स्पष्ट संकेत दिएको बताएका छन्।

आगामी फागुन २१ गते हुने आम निर्वाचनको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा चौधरीले कांग्रेस नयाँ संकल्प र दृष्टिकोणका साथ अघि बढिरहेको उल्लेख गरे। 'नेपाली कांग्रेसले यस पटक देशभर १०० भन्दा बढी सक्षम युवाहरुलाई उम्मेदवार बनाएको छ, यो राजनीतिमा देखिएको ठूलो परिवर्तनको सुरुवात हो' उनले भने।

कार्यक्रममा बोल्दै प्रदेश सांसद विश्व प्रेम पाठकले राष्ट्रिय व्यक्तित्वहरु कांग्रेस सभापति गगन थापा र केन्द्रीय समिति सदस्य विनोद चौधरी मधेस क्षेत्रमा आएर चुनाव लड्नुको उद्देश्य मधेसलाई विकाससँग प्रत्यक्ष जोड्नु रहेको बताए। 'यो मधेसका लागि सौभाग्यको विषय हो' उनले भने।

पाठकले चौधरीले पाँच वर्षे कार्यकालमध्ये जम्मा ३० महिना मात्र काम गर्ने अवसर पाएको भए पनि त्यस अवधिमा उल्लेखनीय काम गरेको दाबी गरे।


प्रकाशित : शुक्रबार, माघ २३ २०८२१७:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend