काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। बिहीबारको तुलनामा आज शुक्रबार दुवै धातुको मूल्य केही घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा झरेको छ। बिहीबार सुनको मूल्य २ लाख ९५ हजार २ सय रुपैयाँ थियो।
आज शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य ४ हजार ९ सय ८० कायम भएको थियो।
यही माघ १५ गते बिहीबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ८ सय २८ र चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
