बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकद्वारा दरबार हाई स्कुलका विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २२ २०८२
कामना सेवा विकास बैंकद्वारा दरबार हाई स्कुलका विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं- कामना सेवा विकास बैंकले रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय (दरबार हाई स्कुल) मा अध्ययनरत गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। विद्यालयको १७२ औँ स्थापना दिवस तथा अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा बैंकले छात्रवृत्ति हस्तान्तरण गरेको हो।

विद्यालयमा अध्ययनरत करिब १ हजार १ सयभन्दा बढी विद्यार्थीहरूमध्ये आर्थिक अभावका कारण पठनपाठनमा समस्या परिरहेका विद्यार्थीलाई बैंकले छात्रवृत्ति प्रदान गरेको हो। बैंककी मार्केटिङ विभाग प्रमुख पर्मा ढुंगेलले विद्यालयकी प्रधानाध्यापक शारदाकुमारी पौडेललाई छात्रवृत्ति हस्तान्तरण गरेकी हुन्।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक-शिक्षिका, अभिभावक, विद्यार्थी तथा बैंकका प्रतिनिधिको उपस्थिति थियो।


प्रकाशित : बिहीबार , माघ २२ २०८२१८:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend