बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'स्मार्ट बटन' र 'वाश प्लस'सहित सेन्सेइको नयाँ वाशिङ मेसिन नेपाली बजारमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २२ २०८२
'स्मार्ट बटन' र 'वाश प्लस'सहित सेन्सेइको नयाँ वाशिङ मेसिन नेपाली बजारमा

काठमाडौं- आधुनिक प्रविधि, स्मार्ट डिजाइन र उच्च कार्यक्षमताको सशक्त संयोजन प्रस्तुत गर्दै सेन्सेइ ब्रान्डले आफ्नो नयाँ फ्रन्ट लोड वाशिङ मेसिन (मोडेल एसडब्लूएम १० एफएल ३ : १० केजी) नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि सेन्सेइ ब्रान्डको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले उक्त वाशिङ मेसिन नेपाली बजारमा भित्र्याएको हो।

सीजी ग्रुपअन्तर्गतको सेन्सेइ ब्रान्ड नेपालमा वाशिङ मेसिन, रेफ्रिजेरेटर, टीभी तथा अन्य होम अप्लायन्सहरूका लागि लोकप्रिय बन्दै गएको छ। गुणस्तर, टिकाउपन र प्रयोगकर्तामुखी प्रविधिका कारण सेन्सेइका उत्पादनहरू नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेको हो।

नयाँ सेन्सेइ फ्रन्ट लोड वाशिङ मेसिनमा जडान गरिएको बीएलडीसी इन्भर्टर मोटरले कम बिजुली खपत, न्यून आवाज र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ। १० केजी क्षमताको यो मेसिन मध्यमदेखि ठूलो परिवारका लागि पनि उपयुक्त छ। यसमा स्टिम वाश, क्विक १५ मिनेट वाश, स्टेन ट्रिटमेन्ट, ईसीओ ४०-६०, अटो ड्रम क्लिन, १४०० आरपीएम स्पिन स्पीड, १६ वाश प्रोग्राम्स, एलईडी डिस्प्ले, चाइल्ड लक तथा डिले फंक्सनजस्ता अत्याधुनिक सुविधाहरू समावेश गरिएका छन्। साथै बीएलडीसी मोटरमा १० वर्षको वारेन्टी उपलब्ध गराइएको छ।

यस वाशिङ मेसिनलाई विशिष्ट बनाउने मुख्य विशेषता भनेको यसको स्मार्ट बटन फंक्सन र वाश प्लस फंक्सन हो। स्मार्ट बटन फंक्सनले समयको बचत वा प्रभावकारी सफाइ सुनिश्चित गर्दै कठिन दाग र गहिरो फोहोर हटाउन सहयोग गर्दछ। सीजी इलेक्ट्रोनिक्सका अनुसार यो वाशिङ मेसिन आधुनिक नेपाली घरपरिवारको व्यस्त जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको हो।

ग्राहकको खरिद अनुभवलाई सहज बनाउन सीजी इलेक्ट्रोनिक्सले सेन्सेइ ब्रान्डका उत्पादनहरूमा शून्य प्रतिशत ईएमआई सुविधा, नागरिकताका आधारमा ईएमआई साथै एक्सचेञ्ज सुविधासमेत उपलब्ध गराएको छ। यसले उपभोक्तालाई ठूलो आर्थिक बोझबिना नै अत्याधुनिक होम अप्लायन्स आफ्नै घरमा भित्र्याउने अवसर प्रदान गरेको छ।

सेन्सेइ ब्रान्डअन्तर्गतका वाशिङ मेसिन, रेफ्रिजेरेटर, टीभी तथा अन्य होम अप्लायन्सहरू नेपालभर सीजी इलेक्ट्रोनिक्सका आधिकारिक शोरुम तथा अधिकृत विक्रेतामार्फत उपलब्ध छन्। सीजी इलेक्ट्रोनिक्सले 'विश्वस्तरको प्रविधि, नेपाली घरका लागि' भन्ने दृष्टिकोणका साथ सेन्सेइ ब्रान्डलाई स्मार्ट, भरपर्दो र दीर्घकालीन मूल्य दिने होम अप्लायन्स ब्रान्डको रूपमा स्थापना गरिने बताएको छ।


प्रकाशित : बिहीबार , माघ २२ २०८२१७:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend