काठमाडौं- सीजी हस्पिटालिटीको ‘मिराया वेलनेस एन्ड गल्फ रिसोर्ट’ले प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’को अवसरमा प्रेम जोडीका लागि सुलभ दरमा विभिन्न प्याकेज ल्याएको छ। नवलपुरको देवचुली अर्थात् शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै रहेको रिसोर्टमा यही माघ २४ गतेदेखि आगामी फागुन २ गतेसम्म (फेब्रुअरी ७ देखि २४ तारिखसम्म) का लागि विभिन्न प्याकेज ल्याइएको हो।
रिसोर्टले जोडीका लागि एउटा एक रात दुई दिनको प्याकेज ल्याएको छ। यसमा ‘क्लब हाउस’अन्तर्गत एक जोडीका लागि १८ हजार ५ सय रुपैयाँ र लगुन भिल्लामा बस्नेका लागि २० हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। यसमा इभिनिङ रिफ्रेसमेन्ट, योगा र मेडिटेसन, वोन फायरसहित पुलसाइडमा डिनर, डेढ घण्टाको गल्फ र बिहानको ब्रेकफास्ट छ।
यस्तै अर्काे दुई रात तीन दिनको प्याकेज छ। यसमा ‘क्लब हाउस’अन्तर्गत एक जोडीका लागि ४३ हजार ९ सय ९९ रुपैयाँ र लगुन भिल्लामा बस्नेका लािग ४८ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। यसमा इभिनिङ रिफ्रेसमेन्ट, योगा र मेडिटेसन, वोन फायरसहित पुल साइडमा डिनर, एन्टोनियामा डिनर, स्पा तथा हाइड्रो थेरापी, डेढ घण्टाको गल्फ, बिहानको ब्रेकफास्ट र लन्च पनि समावेश छ। सुलभ दरमा लक्जरियस सुविधा दिइने रिसोर्टको भनाइ छ।
शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै २०८० सालमा खुलेको यो रिसोर्ट गल्फप्रेमीहरूका लागि आकर्षक गन्तव्य मानिन्छ। अध्यात्म, शान्ति र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट एक उत्कृष्ट विकल्प रहेको सीजी हस्पिटालिटीको दाबी छ। सीजी इन्डस्ट्रियल पार्कभित्र सुन्दर गल्फ मैदानसँगै सञ्चालनमा आएको मिराया रिसोर्टका अतिथिहरूले गल्फको विशेष मजा लिन पाउनेछन्। साथै शाश्वतधामका दर्शनार्थीका लागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक छ।
मिराया रिसोर्टमा स्विमिङ पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट पनि छन्। साथै वाइन टेस्टिङ वर्कसप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलजस्ता सुविधाहरू समावेश छन्। गल्फ खेल्न रुचि भएकाहरूका मिराया उत्कृष्ट गन्तव्य हो।
मिराया रिसोर्ट नेपालको ‘बेस्ट केप्ट सेक्रेट’का रूपमा प्रख्यात छ। आरामदायी रूपमा बस्न मन पराउने अतिथि वा उनीहरूको अनुभवलाई प्रयोग गर्न चाहनेहरूका लागि रिसोर्टमा अनसाइट खेल विशेषज्ञहरू पनि छन्। रमणीय जंगल र प्रकृतिले घेरिएको यो रिसोर्ट पर्यावरणमैत्री छ।
