काठमाडौं- शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्स प्रालिले नेपाली अटोमोबाइल इतिहासमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै आफ्नो नयाँ लाइफस्टाइल विद्युतीय एसयूभी आईकार भी २३ लाई देशका आठ प्रमुख सहरहरूमा एकैसाथ सार्वजनिक गरेको छ।
बिहीबार कम्पनीले निम्न स्थानहरूमा यस गाडीको भव्य अनावरण गरिएको हो। एसपीजीले बिर्तामोड, विराटनगर (ओमोडा एण्ड जेइको शोरुम), वीरगञ्ज, बुटवल, दाङ, सुर्खेत, नेपालगंज, धनगढीमा एकैपटक आईकार भी२३ सार्वजनिक गरेको जनाएको छ।
क्लासिक डिजाइन र आधुनिक प्रविधिको संगम आईकार भी२३ एक रेट्रो-प्रेरित, पूर्णइलेक्ट्रिक अफ-रोड एसयूभी हो। यसले क्लासिक रफ डिजाइन र अत्याधुनिक प्रविधिलाई सन्तुलित रूपमा प्रस्तुत गर्दछ।
आईकार भी२३ मा ५९.९३ किलोवाट आवरको एलएफपी ब्याट्री र १ सय किलोवाटको मोटर रहेको छ, जसले ४ सय १ किमी (सीएलटीसी) सम्मको रेन्ज प्रदान गर्दछ। यसको आकर्षक 'बक्सी' लुक्स, क्लासिक गोलो हेडलाइट र २ सय १० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्सले यसलाई सहर र अफ-रोड दुवैका लागि उपयुक्त बनाएको छ।
गाडीमा १३.२ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले र सुरक्षाका लागि लेभल २ को एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम जडान गरिएको छ।
आईकार भी२३ को मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। हाल नेपालभर १८ भन्दा बढी नेटवर्क टचपोइन्ट र २१ भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको एसपीजी अटोमोबाइल्सले नेपालमा 'ग्रीन इनर्जी' सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिरहेको छ।
प्रि-बुकिङ गरेका ग्राहकहरूका लागि देशभरका शोरुम र आधिकारिक डिलरहरू मार्फत गाडीको डेलिभरी तुरुन्तै सुरु गरिने कम्पनीले जनाएको छ।
सन् १९३१ मा स्थापित शारडा ग्रुपको एक हिस्सा रहेको एसपीजी अटोमोबाइल्स नेपालमा ओमोडा एन्ड जेइको र आईकारको आधिकारिक बिक्रेता हो। कम्पनीले देशभर उच्च प्रदर्शन गर्ने र वातावरणमैत्री सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ।
