बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी एसिया बैंकद्वारा सातै प्रदेशका ७५ जना जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २२ २०८२
एनआईसी एसिया बैंकद्वारा सातै प्रदेशका ७५ जना जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं- एनआईसी एसिया बैंकले सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपांगता भएका जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न थालेको छ। 

बैंकले काठमाडौं उपत्यकाबाहिरका सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूबाट आएका आवेदनहरूबाट छनोट गरी ७५ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो। 

बैंकले सातै प्रदेशमा सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको प्रतिनिधित्व हुने गरी छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको थियो। विगतका वर्षहरूमा पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको थियो।

साथै बैंकले सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापनासमेत गरिसकेको छ।



प्रकाशित : बिहीबार , माघ २२ २०८२१६:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend