काठमाडौं- नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा आयोजना हुने ‘एक्सचेन्ज टु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ।
यो एक्सचेन्ज क्याम्प माघ २३ देखि २६ सम्म देशभरका ओमोडा एन्ड जेइकोका शोरुममा सञ्चालन हुनेछ।
चार दिनसम्म चल्ने यस विशेष क्याम्पले कारप्रेमी तथा हाल सवारी साधन प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्ना पुराना गाडी साटेर सेग्मेन्टकै उत्कृष्ट ओमोडा जेइको गाडी लिन सुनौलो अवसर प्रदान गर्नेछ।
एक्सचेन्ज क्याम्प अवधिभर ओमोडा एन्ड जेइकोका कुनै पनि मोडल बुकिङ गर्ने ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क इन्स्योरेन्स र प्रत्येक बुकिङमा एक एमआई मोबाइल फोन प्राप्त गर्नेछन्। यसका साथै ओमोडा एन्ड जेइकोले एक भाग्यशाली जोडीका लागि चीन भ्रमणको विशेष ‘बम्पर अफर’ पनि घोषणा गरेको छ।
हाल नेपाली बजारमा ओमोडा एन्ड जेइकोका तीन मोडल ओमोडा ई५, जेइको जे५ र जेइको जे६ उपलब्ध छन्। यी मोडलहरूको मूल्य क्रमशः ओमोडा ई५का लागि ५४ लाख ९९ हजार, जेइको जे५का लागि ५६ लाख ९९ हजार र जेइको जे६का लागि ६५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
क्याम्पमा सहभागीहरूले उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, प्रभावशाली रेन्ज, उन्नत सुरक्षा प्रविधि, उच्च कार्यक्षमता र समग्र प्रदर्शनका हिसाबले सेग्मेन्टमै अग्रणी ओमोडा एन्ड जेइको गाडीहरू नजिकबाट अनुभव गर्न सक्नेछन्।
एसपीजी अटोमोबाइल्स नेपालमा ओमोडा, जेइको र आईकार ब्रान्डहरूको आधिकारिक वितरक हो। उच्च गुणस्तरका, दिगो र वातावरणमैत्री सवारी साधनहरूको विविध पोर्टफोलियोमार्फत नेपालको हरित ऊर्जातर्फको यात्रालाई अघि बढाउन कम्पनी प्रतिबद्ध छ।
