काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको हो। हिजो बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि यही माघ १५ गते बिहीबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज बिहीबार प्रतितोला ६ सय २० रुपैयाँ घटेको हो। हिजो बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँ थियो।
यसअघि यही माघ १५ गते बिहीबार चाँदी हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
