बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एउटा इन्जिन 'फायर' भएर डाइभर्ट भएको टर्किस एयरको जहाज कलकत्तामा अवतरण

किन नेपालकै विमानस्थलमा गरिएन आपतकालीन अवतरण?

बुधबार, माघ २१ २०८२
एउटा इन्जिन 'फायर' भएर डाइभर्ट भएको टर्किस एयरको जहाज कलकत्तामा अवतरण

काठमाडौं- काठमाडौंबाट इस्तानबुल उडान भरेको टर्किस एयरलाइन्सको जहाजको एउटा इन्जिनमा 'फायर' भएपछि कलकत्ता डाइभर्ट गरी अवतरण गरेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि टेकअफ भएको पाँच मिनेट टर्किस एयरलाइन्सको जहाज सिंगल इन्जिन भएको थियो। उडानमा रहेका पाइलटले विमानस्थल टावरलाई एउटा इन्जिनमा फायर भएको सूचना जानकारी गराएका थिए। 

टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि इस्तानबुलको लागि उडान भरेर उचाइ लिने क्रममा राइट इन्जिन अन फायर भनी रिपोर्ट गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ। 'ततपश्चात केही समय होल्ड गरि कलकत्ता डाइभर्ट गरेको सो जहाज सकुशल अवतरण गरेको जानकारी गराउँदै उक्त जहाजमा यात्रु २२५ र चालक दलका ११ सदस्य गरी जम्मा २३६ जना रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ' कार्यालयले भनेको छ।

फायर इन्जिन सर्टडाउन गरेको जानकारी टावरमा भएपछि आकाशमा जहाज होल्ड गरिएको थियो। दुई फन्को लगाउँदै आफ्ना प्राविधिक टोलीसँग छलफल गर्दै जहाज काठमाडौंमा अवतरण नगरी डाइभर्ट गरिएको थियो।

अन्तर्राष्ट्रिय उडान गर्न एयरलाइन्सले पहिले नै आपतकालीन अवतरणका लागि वैकल्पिक विमानस्थल तय गरेका हुन्छन्। टर्किस एयरको वैकल्पिक विमानस्थल कलकत्ता थियो। पाइलटले पनि जहाज कलकत्ता नै अवतरण गर्ने जानकारी विमानस्थल टावरलाई गराउँदै सिंगल इन्जिनमा उडान निरन्तरता दिए। जहाज २० हजार फिटको उचाइमा उड्दै भारतको कलकत्ता विमानस्थलमा सुरक्षित अवतरण भइसकेको छ।

योसँगै काठमाडौंबाट टेकअफलगत्तै एउटा इन्जिनमा फायर भइ सिंगल इन्जिन भएको जहाज काठमाडौंकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपालभित्रकै गौतमबुद्ध वा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा किन आपतकालीन अवतरण नभएको प्रश्न उठेको छ। 

प्राधिकरण स्रोतले भनेको छ, 'जहाज कमान्डमा बसेका पाइलटलाई जहाज अवतरण गराउँदा जहाँ कन्फर्ट हुन्छ त्यहीँ जाने हो। पाइलट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपालको अन्य विमानस्थलमा अवतरण गर्न विश्वस्त नहुँदा कलकत्ता गएको हुन सक्छ। जुन विषयमा पाइलटको निर्णय नै अन्तिम हो। पाइलटले नै स्वविवेक प्रयोग गर्छन्। विमानस्थल टावरले केही भन्न मिल्दैन।'


प्रकाशित : बुधबार, माघ २१ २०८२१५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend