काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज प्रतितोला १४ हजार ४ सय रुपैयाँले बढेको हो। हिजो मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि गएको बिहीबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य बढेर प्रतितोला ५ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो मंगलबारको तुलनामा आज बुधबार चाँदीको मूल्य प्रतितोला २ सय ६५ रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
गएको बिहीबार चाँदी हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५८ र त्यति नै परिमाणको चाँदी ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
