बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मतदाता परिचयपत्रसहित यी ६ सरकारी कागजात देखाएर हाल्न पाइन्छ भोट

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २० २०८२
मतदाता परिचयपत्रसहित यी ६ सरकारी कागजात देखाएर हाल्न पाइन्छ भोट

मतदान गर्न जाँदा आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ तर यदि मतदाता परिचयपत्र नभएको अवस्थामा ती सरकारी कागजात पनि मान्य हुने जनाइएको छ।

काठमाडौं- आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदाता परिचयपत्रसहित अन्य सरकारी परिचय खुल्ने कागजातले पनि भोट हाल्न पाइने निर्वाचन आयोगले जनाएको छ। 

मतदाता नामावलीमा नाम दर्ता भएको तर मतदाता परिचयपत्र नभएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइने आयोगले जनाएको छ।

मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ तर यदि मतदाता परिचयपत्र नभएको अवस्थामा ती सरकारी कागजात पनि मान्य हुने जनाइएको छ।  

निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो


प्रकाशित : मंगलबार, माघ २० २०८२११:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend