काठमाडौं- नेपाली बजारमा लगातार ५२ हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज मंगलबार बढेको छ।
सोमबार प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार २ लाख ९० हजार ३ सय रुपैयाँ पुगेको छ। मंगलबार सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले बढेको हो।
यसअघि सुनको मूल्य सोमबार प्रतितोला १३ हजार ४ सय, आइतबार १८ हजार ८ सय र गएको शुक्रबार २० हजार ५ सय रुपैयाँले घटेको थियो।
नेपाली बजारमा आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पछिल्ला तीन दिनमा २ हजार ३ सय ५ रुपैयाँले घटेको थियो। आज मंगलबार भने चाँदी १ सय ३५ रुपैयाँले बढेको हो।
