बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अभिनेत्री रेखा थापाको रोजाइमा 'जेइको जे६' अफरोड ईभी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १९ २०८२
अभिनेत्री रेखा थापाको रोजाइमा 'जेइको जे६' अफरोड ईभी

काठमाडौं- नेपाली सिनेमा जगतकी चर्चित अभिनेत्री रेखा थापाको रोजाइमा जेइको जे६ अफरोड ईभी परेको छ। नेपालका लागि ओमोडा तथा जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र भाइस प्रेसिडेन्ट रूपेश शर्मा भट्टले थापालाई सो कार हस्तान्तरण गरे।

सो अवसरमा अभिनेत्री थापाले आफूलाई जेइको जे६ मा भएका विभिन्न फिचर मन परेको र सो ईभी रोजेको बताइन्। वातावरणमैत्री सवारीसाधन प्रयोग गर्ने चाहनाअनुरूप जेइको जे६ रोजेको उनको भनाइ थियो।

अफरोड र अनरोड दुवै सडकमा सहजताका साथ ड्राइभ गर्न सकिने जे६ मा जेइकोले ६९.८ किलोवाट आवरको सीएटीएल ब्याट्री प्याक तथा १३५ किलोवाट क्षमताको मोटर जडान गरेको छ। उक्त ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ४०० किलोमिटर डब्लूएलटीपीमाथि रेन्ज दिने कम्पनी दाबी छ।

अत्याधुनिक र सुविधासम्पन्न फिचर्सले सुसज्जित जे६ मा आकर्षक इन्टेरियर, ठूलो टचस्क्रिन, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लियरेन्स फिचर दिइएको छ। जेइको जे६ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।


प्रकाशित : सोमबार, माघ १९ २०८२१८:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend