शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

खुर्सानीको धुलो आँखामा छरेर ४२ तोला सुन र १२ लाख लुटपाट, दुईजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ३० २०७८
खुर्सानीको धुलो आँखामा छरेर ४२ तोला सुन र १२ लाख लुटपाट, दुईजना पक्राउ

काठमाडौं- सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराको एक समूहले १२ लाख रूपैयाँ र ४२ तोला सुन लुटेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यही फागुन २५ गते राति ८ बजेर २३ मिनेटको समयमा काठमाडौं महानगरपालिका-७ चुच्चेपाटीमा व्यवसायीको आँखामा खुर्सानी हालेर कुटपिट गरी लुटपाट गरिएको हो।

चाबहिलस्थित ओमशाही टञ्च सेन्टर सुन पसल बन्द गरी कोठा फर्कने क्रममा भारत महाराष्ट्र घर भई चुच्चेपाटी बस्ने ३४ वर्षीय अमोल भोस्लेमाथि यसरी लुटपाट भएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। प्रहरीको अनुसन्धानमा उनीहरूले तीन दिनदेखि उक्त घटनास्थल नजिकै रहेको एक क्याफेमा बसेर सुन व्यवसायीको गतिविधि निगरानी गरी योजनासमेत बनाएर लुटेका छन्।

यसरी लुटपाटमा संलग्न भएकामध्ये अहिलेसम्म दुई जनालाई पक्राउ गरिएको परिसरले जनाएको छ। पक्राउपर्नेमा दाङका महेश विश्वकर्मा र राजेन्द्र सिन रहेका छन्। अन्य फरार भएकाको खोजी जारी रहेको जनाइएको छ। उनीहरूका साथबाट प्रहरीले १ लाख ६६ हजार रूपैयाँ र प्रयोग भएको मोटरसाइकल, खुँडा, तरवारलगायत सामग्री बरामद गरिएको छ।

उक्त घटनाका सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२० अन्तर्गत दफा २४४ को ‘डाँका गर्न नहुने’ कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीवृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ। रासस


प्रकाशित : सोमबार, फागुन ३० २०७८१३:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend