बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाली चलचित्र 'एक भागवत र एक गीता' अब 'डिशहोम गो'मा पनि हेर्न सकिने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १९ २०८२
नेपाली चलचित्र 'एक भागवत र एक गीता' अब 'डिशहोम गो'मा पनि हेर्न सकिने

काठमाडौं- सीमान्तकृत समुदायको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरिएको नेपाली चलचित्र 'एक भागवत र एक गीता' अब 'डिशहोम गो'मा उपलब्ध भइसकेको छ। 

चलचित्रको कथावस्तु 'कमलामाई-विपिन कार्की' को वरपर घुमेको छ। जनकपुर वरपरका तेस्रो लिंगी समुदायको नेतृत्व र संरक्षण गर्दै समाजमा व्याप्त भेदभाव, पूर्वाग्राह र मानवीयताका लागि लडिएको घटनाक्रमलाई मार्मिक रूपले प्रस्तुत गरिएको 'एक भागवत र एक गीता' चलचित्रले समावेशिता, समानता र मानव अधिकारको वकालत गरेको छ ।

यो चलचित्र नेपालभित्र २ सय २५ रुपैयाँ र नेपालबाहिर १.९९ अमेरिकी डलर तिरेर डिशहोम गोमा हेर्न सकिन्छ। झरना थापाको निर्देशनमा बनेको यो चलचित्रमा विपिन कार्की, सुहाना थापा, धीरज मगर, जभिस र जभिन श्रेष्ठ तथा कवीर खड्काको अभिनय छ।

डिशहोम गो एक नेपाली ओटीटी पले्टफर्म हो,जहाँ दर्शकहरूले नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रहरू, सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, सर्ट फिल्महरू तथा नेपाली भाषामा डब गरिएका कोरियन ड्रामालगायत विविध श्रव्यदृश्य सामग्रीहरू सहजै हेर्न सक्छन्। संसारभर जुनसुकै बेला गुणस्तरीय मनोरञ्जनका लागि डिशहोम गो एकभरपर्दो माध्यम हो।


प्रकाशित : सोमबार, माघ १९ २०८२१४:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend