बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अभिनेताद्वय अनुपविक्रम शाही र प्रदीप खड्काको रोजाइमा दिपल एस०७

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १९ २०८२
अभिनेताद्वय अनुपविक्रम शाही र प्रदीप खड्काको रोजाइमा दिपल एस०७

काठमाडौं- नेपालका चर्चित कलाकारद्वय अनुपविक्रम शाही र प्रदीप खड्काले डिजाइन र प्रविधिका कारण नेपालमा लोकप्रिय बनेको दिपल एस०७ खरिद गरेका छन्। पछिल्ला डेलिभरीहरूले इन्टेलिजेन्ट र स्टाइलिस एसयूभी दिपल एस०७ अझै पनि प्रभावशाली व्यक्तिहरूको रोजाइमा परिरहेको कम्पनीले जनाएको छ।

पछिल्लो समयमा रिलिज भएको साइन्सफिक्सन सिनेमा 'एक्लो'लगायत थुप्रै चलचित्रहरूमार्फत दर्शकको मन जित्न सफल अभिनेता तथा स्टाइल आइकन प्रदीप खड्काले एस०७ को फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण आफ्नो ग्यारेजमा नयाँ दिपल थपेको बताए।

त्यसैगरी बलिउड स्टार सलमान खानसँग बहुप्रतीक्षित सिनेमा 'ब्याटल अफ गल्वान'मा स्क्रिन सेयर गरेर आफ्नो ख्याति बढाएका अभिनेता अनुपविक्रम शाहीले पनि भर्खरै दिपल एस०७ खरिद गरेका हुन्।

एक दर्जनभन्दा बढी इन्डस्ट्री फर्स्ट फिचर र विशिष्ट डिजाइन फिलोसोफीका लागि परिचित दिपल एस०७ आईसीले नेक्स्ट जेनेरेसन इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिने कम्पनीको दाबी छ।

यसमा रहेका जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिग्रेटेड हेडरेस्ट र आउडोर स्पिकर जस्ता फिचरले दिपललाई नेपालको उत्कृष्ट लक्जरी ईभीका रूपमा चिनाएको छ।


प्रकाशित : सोमबार, माघ १९ २०८२१४:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend