बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

क्रेटा ईभीको ड्राइभिङ रेञ्ज बढाउन हुन्डाई नेपालले घोषणा गर्‍यो बीएमएस अपडेट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १९ २०८२
क्रेटा ईभीको ड्राइभिङ रेञ्ज बढाउन हुन्डाई नेपालले घोषणा गर्‍यो बीएमएस अपडेट

काठमाडौं- हुन्डाई नेपालले क्रेटा ईभीका ग्राहकहरूलाई सफ्टवेयर अपडेट गराउन अनुरोध गरेको छ। कम्पनीले क्रेटा ईभीका ग्राहकहरूलाई नजिकको आधिकारिक सेवा केन्द्रमा गई सफ्टवेयर अपडेट गराउन भनेको हो।

कम्पनीका अनुसार यस अपडेटमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) को अप्टिमाइजेसन गरिएको छ, जुन नेपाली सडक र ड्राइभिङलाई ध्यानमा राखी क्यालिब्रेट गरिएको छ।

यस अपडेटपछि ईभीको हालको रेञ्ज करिब १५ देखि २५ किलोमिटरसम्म बढ्ने कम्नपनीको दाबी छ। अपडेटले  दैनिक आवागमन तथा  यात्राका लागि क्रेटा ईभी प्रयोगकर्तालाई थप सुविधा, सहजता र भरोसा प्रदान गर्ने बताइएको छ। 

यस अपडेटलाई हुन्डाईको देशव्यापी सेवा सञ्जालमार्फत कार्यान्वयन गरिएको छ, जसले गर्दा सबै क्रेटा ईभी ग्राहकहरूले यसको लाभ लिन सक्नेछन्। 

हुन्डाई नेपाल उत्कृष्ट आफ्टर-सेल्स सेवा सञ्जाल, ६३ भन्दा बढी रिल्याक्स रिचार्ज नेटवर्क तथा लक्ष्मी मोटर कर्पोरेसनको अत्याधुनिक एसेम्ब्ली प्लान्टका कारण विश्वसनीय सवारी ब्राण्डका रूपमा स्थापित छ।


प्रकाशित : सोमबार, माघ १९ २०८२१३:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend