बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तीन दिनमा ५२ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

चाँदी तीन दिनमा २ हजार ३ सय ५ रुपैयाँले घट्यो

सोमबार, माघ १९ २०८२
तीन दिनमा ५२ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

यसअघि गएको शुक्रबार सुनको मूल्य प्रततितोला २० हजार ५ सय रुपैयाँले घटेको थियो। हिजो आइतबार प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको थियो।

काठमाडौं- नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको हो। हिजो आइतबार सुन प्रतितोला ३ लाख रुपैयाँमा किनबेच भएको थियो। 

यसअघि गएको शुक्रबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको थियो। हिजो आइतबार प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको थियो।

पछिल्लो तीन दिनमा नै सुनको मूल्य प्रतितोला ५२ हजार ७ सय रुपैयाँले घटेको छ। 

यस्तै आज सोमबार चाँदी ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज ३ सय रुपैयाँले घटेको चाँदीको मूल्य तीन दिनमा २ हजार ३ सय ५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ४ सय ४० रुपैयाँले घटेको चाँदी आइतबार १५ सय ६५ रुपैयाँले घटेको थियो। 


प्रकाशित : सोमबार, माघ १९ २०८२११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend